Logo

वीरगञ्ज र रौतहटमा सर्वोत्तम सिमेन्टको प्राविधिक भेटघाट कार्यक्रम, सिमेन्टको प्रभावकारी प्रयोगबारे छलफल

वीरगञ्ज र रौतहटमा सर्वोत्तम सिमेन्टको प्राविधिक भेटघाट कार्यक्रम, सिमेन्टको प्रभावकारी प्रयोगबारे छलफल



काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वीरगञ्ज तथा रौटहटमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । यी जिल्लालाई केन्द्रमा राखेर सो क्षेत्रहरुमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी ‘बलियो सम्बन्ध, सर्वोत्तम विश्वासको’ भन्ने नाराका साथ भेटघाट कार्यक्रम सम्पन्न गरिएको हो ।

सो कार्यक्रम शुक्रबार वीरगञ्जमा तथा शनिबार रौटहटमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा घर बनाउँदा प्राविधिक रुपमा कसरी सिमेन्ट र डण्डीको प्रयोग गर्दा भूकम्प प्रतिरोधात्मक हुने भन्ने विषयमा जानकारी गराइएको थियो । साथै कसरी प्राविधिक रुपमा उपयुक्त तरिकाले सिमेन्टको प्रयोग गर्नाले सिमेन्टको खपत कम हुन्छ भन्ने बारेमा समेत जानकारी गराइएको कम्पनीले जनाएको छ ।

उक्त भेलामा वीरगञ्ज क्षेत्रका करिब १३० ठेकेदारहरु तथा रौटहट क्षेत्रका करिब ६५ जति ठेकेदारहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्यधुनिक युरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो ।

आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओपिसी र सौरभ ग्रिन पिपिसी नामक ब्राण्डका सिमेन्टहरू नेपालभर बिक्री वितरण गरिरहेको छ ।

उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० सेन्टिमिटर स्क्वायरसम्म रहेको छ । यतिमात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एकरुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेसिनको समेत प्रयोग गर्दै आएको छ ।

यसैगरी, आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्टले अब आफ्नो उद्योेगको उत्पादन क्षमता ४० हजार बोरा प्रतिदिनबाट बढाई ६० हजार बोरा बनाएको कम्पनीका महाप्रबन्धक सुवास पाण्डेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL