Logo

एनसीएचएलको कर्पोरेट पे सेवामा २ महिनामै १ सय बढी संस्था जोडिए, दुई महिनामा ७७ करोड बढीको कारोबार

एनसीएचएलको कर्पोरेट पे सेवामा २ महिनामै १ सय बढी संस्था जोडिए, दुई महिनामा ७७ करोड बढीको कारोबार



काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले करिव २ महिनाअघि सार्वजनिक गरेको कर्पोरेट पे सेवामा १ सय बढी संघसंस्थाहरु आवद्ध भएका छन् ।

एनसीएचएलका अनुसार गत माघ १ यता मात्रै विभिन्न २५ बैंक तथा वित्तीय संस्थाहरुमार्फत १ सय बढी संघसंस्थाहरुले यस्तो सेवा लिएका हुन् । गत माघ १ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सेवाको सुरुवात गरेका थिए ।

कर्पोरेट पे ठुला कर्पोरेट हाउसहरुले पनि आफ्ना विभिन्न भुक्तानीका लागि चेक नकाटिकनै भुक्तानी गर्न मिल्ने सुविधा हो । यसमा ठूला संघसंस्थाहरु, कर्पोरेट हाउसहरुलगायत आवद्धछ हुन सक्छन् । एनसीएचएलले आफ्नो कर्पोरेट पे सेवामार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्सफर, तलव भुक्तानी, भेन्डर पेमेन्ट, सरकारको राजस्व भुक्तानीलगायत अन्य ठुला भुक्तानीसमेत गर्न सकिने व्यवस्था मिलाएको छ ।

उक्त सेवामार्फत ५० करोडभन्दा माथिको भुक्तानीका लागि पनि चेक साट्न नपर्ने भएको छ । एनसीएचएलका एक उच्च अधिकारीका अनुसार अझै पनि विभिन्न बैंक वित्तीय संस्थाहरुले कर्पोरेट पे सुविधा लिने क्रम जारी नै छ । हालसम्म एनसीएचएलसँग सानिमा बैंक, हिमालयन बैंक, मेगा बैंक, एनआईसी एशिया, नेपाल बंगलादेश बैंकलगायत १६ वाणिज्य बैंक र ६ ओटा विकास बैंकले यो सेवा लिईसकेका छन् । यस्तै गुडविल फाईनान्स, रिलायन्स फाईनान्स र आईसीएफसी फाईनान्सले पनि एनसीएचएलसँगको सहकार्यमा यस्तो सुविधा लिईसकेका छन् ।

एनसीएचएलले हाल आफ्ना विभिन्न प्रोडक्टहरुमार्फत बैंकिङ क्षेत्रमा हुने कागजी कारोबारलाई निरुत्साहित गराउने नीति लिएको छ । जसमा आईपीएस, कनेक्ट आईपीएस, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङलगायत सेवामार्फत अनलाईनमार्फत नै ट्रान्जेक्सन गर्ने सुविधा ल्याएको छ । चेक क्लियरिङको पुरानो परम्परालाई निस्तेज पार्न एनसीएचएलले यस्ता किसिमका उत्पादनहरु बजारमा ल्याई फण्ड ट्रान्सफर कर्पोरेट भुक्तानीलगायतलाई सहज पार्ने कामसमेत गरिरहेको छ ।

जसमा कर्पोरेट पेमार्फत मात्रै फागुन मसान्तसम्म मात्रै अर्थात २ महिनामा ७७ करोड २० लाख रुपैयाँ बढीको भुक्तानी भएको छ । यस्तै एनसीएचएलका अनुसार कर्पोरेट पेमार्फत फागुन मसान्तसम्म ५ हजार ५ सय ४९ ओटा कारोबार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL