काठमाडौं । विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाकाको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) लाई लिइन्छ । सात दशक लामो इतिहास बोकेको काठमाडौँ विमानस्थल विदेशीलाई नेपालको झ–झल्को दिने ऐनाको रुपमा पनि हेरिन्छ । यो विमानस्थल भएर अहिले तीन नेपालीसहित २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भरिरहेको टिआइएले जनाएको छ । कोभिड–१९ महामारीपूर्व काठमाडौँ विमानस्थलमा ३१ अन्तर्राष्ट्रिय एयरलाइन्सले…