सिन्धुपाल्चोक । मेलम्ची बजारमा पक्की घर तथा सुविधासम्पन्न होटल निर्माणले आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बाक्लिँदै गएको थियो । मेलम्ची, हेलम्बु तथा पाँचपोखरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मेलम्ची बजारमा सानाठूला गरी दर्जन होटल बनेका थिए । करोडदेखि साना लगानीमा बनेका होटल मेलम्चीमा सञ्चालन भइरहेका थिए । विसं २०७२ को भूकम्पपछि लय समातेको…