काठमाडौँ । बुद्ध एयरले आइतबारदेखि आफ्ना सबै उडान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने भएको छ । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्ष २०२३ को जनवरी १ देखि सञ्चालनमा आउन लागेको बुद्ध एयरले जानकारी गराएको छ । यस विमानस्थलमा आईएफआर प्रविधि पनि जडान गरिएकाले कम भिजिबिलिटीमा पनि उडान भर्न सकिने बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा…