काठमाडौं । नेपाल वायुसेवा निगमको ९ एन–एकेएक्स जहाज आवश्यक मर्मतपश्चात् इजरायलबाट दुबई हुँदै नेपाल आईपुगेको छ । उक्त जहाज शनिबार साँझ ९ः५६ बजे काठमाण्डौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आई इजरायल स्थित नियमानुसार छनौट भएको मेन्टेनान्स एण्ड रिपेयर अर्गनाईजेसनमा मर्मत भइरहेको थियो । मर्मतको क्रममा आवश्यक प्राविधिक…