रक्षा रेग्मी ६ असार,काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ हेलिप्याड बन्ने भएको छ । हेलिप्याड बनाउनका लागि घास काट्ने तथा साइड सफा गर्ने काम भइरहेको विमानस्थलका महानिर्देशक वीरेन्द्र श्रेष्ठले बताए । ‘ सरसफाइको काम सकिए लगतै हेलिप्याड निर्माण कार्य शुरु गर्ने छौं’ उनले भने । विमानस्थलको स्तरोन्नती गर्ने क्रममा हेलिप्याड थप्न लागिएको उनले जानकारी दिए…