काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले वाइड वडी खरिदका लागि नेपालबाटै ऋण लिने भएको छ । जहाज खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग ऋण लिने सम्बन्धमा छलफल अघि बढाइएको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारले जानकारी दिए । विदेशी कम्पनीले सस्तो ब्याजदरमा ऋण दिने प्रस्ताव गरेपछि त्यस सम्वन्धमा कम्पनीसँग एक चरणको छलफल…