काठमाडौं । ट्रेकिङ व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान)को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । आइतबार राती सम्पन्न मतगणना अनुसार दाहालले आफ्ना प्रतिस्पर्धि मोहन लम्साललाई १८ मतले पराजित गर्दै दुई बर्षका लागि टानको नेतृत्व प्राप्त गरेका हुन् । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दाहालले ३३१ म्त प्राप्त गरेको निर्वाचन समितीले जनाएको छ…