काठमाडौं । बिगत एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज देखि सञ्चालनमा आएको छ । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि विमानस्थल बन्द थियो । धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल शनिबारदेखि आंशिक रुपमा सञ्चालनमा आएको हो । विमानस्थल क्षेत्रका विद्युतीय उपकरणको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा…