काठमाडौं । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्न २४ लाख रुख काटिने प्रक्रिया अघि बढेको छ । विमानस्थल निर्माणको प्रारम्भिक कामको जिम्मा पाएको नेपाली सेनालाई रुख काट्न मार्ग प्रशस्त भएको छ । वन तथा वातावरण मन्त्रालयले नागरिक उड्ययन प्राधिकरणले तयार गरेको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन(इआइए) हालै स्विकृत गरेपछि निर्माणको प्रारम्भिक काम सुरु हुन…