काठमाडौं । बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न ३ सदस्यीय चिनियाँ टोली नेपाल आईपुगेको छ । नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ उक्त टोली शनिबार बर्दियामा आइपुगेको हो । चिनियाँ पर्यटन व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष लि बाओहुवाको नेतृत्वमा आएको सो टोलीले बर्दिया गेरुवा–१ स्थित जङ्गल सफारी, जलयात्रा र विभिन्न पर्यटकीय स्थलको अवलोकन गरेको छ…