काठमाडौं । नेपालको एक मात्र सरकारी तथा पुरानो वायुसेवा कम्पनी नेपाल वायु सेवा निगमको ऋण ३९ अर्ब पुगेको छ । बिहीबार निगमका अध्यक्ष मदन खरेलले स्वेतपत्र जारी गर्दै निगमको कर्जा धेरै रहेकाले सरकारले आर्थिक सहायता दिनु पर्ने बताएका हुन । उनले निगमसँग उपलब्ध नगद प्रवाह तथा तिर्नुपर्ने दायित्व अत्याधिक रहेको भन्दै वाईडबडीको व्यवसायिक योजना अनुसार…