काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) को मुहार फेर्ने क्रम निरन्तर जारी छ । तर विमानस्थल भित्र भएका पसलहरुको अबैध गतिविधि भने अझै रोक्न सकेको छैन । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा रविन्द्र अधिकारीलाई नियुक्ती गरेसँगै विमानस्थलको स्वरुपमा परिवर्तन आएको छ । पर्यटन मन्त्री अधिकारी आए सँगै विमानस्थलमा यात्रुहरुलाई सहज बनाउन कुर्चीहरु थप्ने, रंगरोगन…