काठमाडौं । अब मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । दसैँ, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान बन्दैछ । मुख्य पर्यटकीय मौसम पनि सुरु भइसकेकाले विशेषगरी पर्यटन क्षेत्रमा चहलपहल बढ्दै छ । मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय…