जेठ १६, काठमाडौं । जर्मनीको कार निर्माता फक्सवागनले अर्को बर्षदेखि कम्प्याक्ट सेडान मोडलको कार बजारमा ल्याउने भएको छ । दक्षिण एसियाली बजारलाई लक्षित गरेर ल्याउन लागिएको सो कारको प्रारम्भिक मुल्य भने ५ लाख भारतीय रूपियाँ अनुमान गरिएको छ । फक्सवागनका अनुसार अहिले कम्पनीले सो कारको डिजाइनको काम गरिरहेको छ ।