काठमाडौं । शुक्रबार नेपालमा संचालनमा रहेका ७ इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । दूरसंचार नियमावली अनुसार सरकारलाई बुझाउनुपर्ने र तिर्नुपर्ने बक्यौता, नविकरण शुल्कलगायत नतिरेपछि ७ इमेलसहित इन्टरनेट सेवाको लाइसेन्स लिएका कम्पनीको अनुमतिपत्र विभिन्न मितिमा स्वतः रद्ध भएको हो । यसरी लाइसेन्स रद्ध हुनेमा बशिष्ठ केबलनेट, इन्फोनेट, सिम्पल इन्टेलीजेन्स सिस्टम एण्ड टेक्नोलोजी प्रालि, एशिया…