काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा नकाट्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको भन्दै सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो । सरकारको निर्देशन विपरित इन्टरनेट सेवाप्रदायकले धमाधम ग्राहकको सेवा काट्न थालेपनि…