काठमाडौं । नेपालमा जनसंख्याभन्दा बढीमा टेलिफोन सेवाको पहुँच पुगेको छ । नेपालमा दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणका अनुसार हाल नेपालभर १ सय २६ दशमलव ७२ प्रतिशत नेपालीले टेलिफोन सेवा लिईरहेका छन् । प्राधिकरणले सार्वजनिक गर्ने एमआईएस रिपोर्टमा गत असारसम्म नेपालमा जनसंख्याभन्दा बढी व्यक्तिले टेलिफोन सेवा लिईरहेको उल्लेख छ । प्राधिकरणका अनुसार विसं २०६८…