काठमाडौं । नेपालको दोस्रो ठूलो दूरसंचार सेवाप्रदायक एनसेल अहिले अनिश्चिततामा अल्झिएको छ । कम्पनीको मोबाइल सेवाको लाइसेन्स नवीकरण होला कि नहोला भन्ने अनिश्चितता बढ्दै जाँदा एनसेलको भविष्य नै जोखिममा परेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले ५ बर्षपछि कम्पनी सरकारको स्वामित्वमा आउने शर्तमा लाइसेन्स नवीकरण गर्न खोजेपनि एनसेलले हालसम्म आफ्नो लाइसेन्स नवीकरण गराउनेतर्फ…