काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै दूरसंचार सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिएकी छन् । नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उनले प्रविधिको विकास उपभोक्ताको चाहना र बजारको मागलाई दृष्टिगत गरी सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्ने बताएकी हुन् ।उनले नवीन प्रविधि अवलम्बन गर्दै आधुनिक सेवा प्रवाहमा…