Logo

एमडीएमएसको पूर्ण कार्यान्वयनमा भारतसँगको खुला सीमा बाधक, नयाँ व्यवस्था गर्दै सरकार

काठमाडौं । सरकारले गएको कार्तिक २० गतेदेखि पूर्णरुपमा लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा विभिन्न समस्या देखिएका छन् । ती समस्यामध्ये नेपालको भारतसँगको खुला सीमाना एमडीएमएस कार्यान्वनमा तगारो बनेको छ । खुला सीमानाका कारण नेपाल–भारत ओहोरदोहोर गर्ने नेपालीहरुले ल्याएको फोनको भन्सार प्रज्ञापनपत्र र अन्य कागजात नहुने भएपछि एमडीएमएस कार्यान्वयनमा अप्ठ्यारो परेको हो ।…