काठमाडौं । एनसेल खरिदविक्री छानविन प्रतिवेदनको फाईल गायब भएको छ । करिव डेढ महिनाअघि नै मन्त्रिपरिषदले स्वीकृत गरी कार्यान्वयन गर्नका लागि सम्बन्धित निकायमा पठाइएको फाइल गायब भएको हो । गएको फागुन ६ गते नै मन्त्रिपरिषदले छानविन समितिले औंल्याएका बिषयहरुलाई कार्यान्वयन गर्नका लागि भन्दै संचार मन्त्रालयमार्फत नेपाल दूरसंचार प्राधिकरणमा पठाइएको प्रतिवेदन हालसम्म गुपचुप राखिएको हो ।…