काठमाडौ । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीहरुका लागि नयाँ ब्राण्डको रिचार्ज कार्ड प्रचलनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने भएको हो । कम्पनीले पहिलेदेखि रहिआएको एनटी रिचार्जकार्डको सट्टा अब नयाँ ब्रान्डमा नमस्ते रिचार्ज कार्ड ल्याउन भएको छ । कम्पनीका अनुसार बजारमा ५०, १ सय, २ सय, ५ सय तथा १ हजारसम्मका…