काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आजदेखि मोबाइल डिभाईस मेनेजमेन्ट सिस्टम (एनडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याएको छ । नेपालमा चोरी तथा अबैध आयात भएका मोबाइल रोक्नका लागि लामो समयदेखि प्रयासरत रहेपनि प्राधिकरणले आजदेखि उक्त व्यवस्था कार्यान्यनमा ल्याएको हो । प्राधिकरणले आज एक सूचना जारी गर्दै अबका दिनमा आयात गरिएका मोबाइलहरुको आईएमईआई दर्ता गरेर मात्रै संचालन गर्न सकिने…