काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एन्ट इन्टरनेसनलले संयुक्त रूपमा नेपाल पे क्युआर र अली पे प्लस बीचको अन्तरदेशीय भुक्तानी सेवा सुरु गरेको घोषणा गरेका छन्। सिंगापुरमा आयोजित प्रविधि महोत्सवमा एन्ट इन्टरनेसनलका दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया, र न्यूजील्याण्डका महाप्रबन्धक एडवर्ड युए र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले यो सेवा शुभारम्भ गरेका हुन्।…