काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को पन्ध्रौँ वार्षिक साधारणसभाले सर्वसाधारणलाईक ४० प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ । बिहीबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । साधारणसभामा करिब ९१.६ प्रतिशत सेयरधनीहरुको उपस्थिति रहेको थियो…