काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले जतिसक्दो चाँडो कार्यान्वयन गर्न खोजेको ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) मा निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल एजियाटा पनि तत्काल नजोडिने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै एनसेलले टेरामक्सबारे प्राविधिक अध्ययन गरिरहेको र प्रविधिबारे स्पष्ट नभएसम्म इन्टिग्रेट नहुने जानकारी दिएको हो । दूरसञ्चार नियामकले कार्यान्वयन गर्न…