काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी टेलीकम्युनीकेशनको लाइसेन्स खारेज भएको छ । कम्पनीले सरकारलाई बुझाउनुपर्ने दस्तुर र निवेदन समयमै नबुझाएपछि कम्पनीको लाइसेन्स स्वतः खारेज भएको हो । कम्पनीले तत्कालीन एसटीएम टेलिकम प्रालिको नाममा २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो । कम्पनीले आफ्नो लाइसेन्स २०८० मंसिर १६ भित्रमै नविकरण गरिसक्नुपर्ने थियो ।…