काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई फोरजी सेवा सञ्चालनको अनुमती दिएको छ । प्राधिकरणले १८०० मेगाहर्ज व्याडमा प्रविधि तटस्थता वमोजिम सेवा संचालन गर्न स्वीकृति दिएको हो । प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले यसप्रकारको अनुमती दिएको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । जसअनुसार स्मार्टले साउन १५ गतेदेखि फोरजी सेवा उपयोग गर्न पाउने छ ।…