काठमाडौं । नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा थ्रीजी सेवा विस्तार गरेको छ । टेलिकमले करिब ३ हजार ८ सय मिटर अग्लो स्थानमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा थ्रीजी बिटिएस टावर राखेको हो । टेलिकमले मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गराएको हो ।…