काठमाडौं । अब होटल सञ्चालहरुले आफ्नो होटलमा बस्ने आफ्ना ग्राहकलाई ३ सय अमेरिकी डलरसम्मको सटही सुविधा दिन सक्ने भएका छन् । आइतबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा राष्ट्र र्बङ्कले यस्तो व्यवस्था होटल व्यवसायीलाई थप सुविधा प्रदान गरेको हो । यसअघि होटल व्यवसायीले होटलमार्फत नै सटही सुविधा उपलब्ध गराउन राष्ट्र बैङ्कसमक्ष माग गर्दै आएका थिए ।