काठमाडौं । लामो समय रोकिएको काठमाडौं टावर निर्माणको कार्य सुस्त गतिमा भइरहेको अवस्थामा काठमाडौं महानगरपालिका भने त्यसको पुनरावलोकन गर्ने तर्फ लागेको छ । ठेकेदार कम्पनीले चित्त बुझ्दो काम नगरेको भन्दै महानगरपालिकाले सो टावर निर्माणका लागि भएका सम्झौता, निर्णय तथा प्रगतीबारे अवलोकन गरेर मात्र निर्णय गर्ने मेयर विद्यासुन्दर शाक्यले बताए । ‘अध्ययन पश्चात सो ठेकेदार कम्पनीसँगको…