काठमाडौं । चिनियाँ कम्पनी चाइना गेजुवाले नेपाल बुढीगण्डकी जलविद्युत आयोनको ठेक्का खारेज नभएको बताएको छ । गेजुवाले नेपाल सरकारलाई पत्र लेख्दै सरकारसँग भएको सम्झौता अनुसार १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको ठेक्का सम्झौता खारेज नभएको बताएको हो । गेजुवाले ऊर्जा मन्त्रालय पत्र पठाउँदै नेपाल सरकारले गेजुवासँग एकपक्षीय ढंगबाट सम्झौता तोडेको आरोप लगाएको छ ।…