काठमाडौं । धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुला गर्न प्रक्रिया अघि बढाएको धितोपत्र बोर्डले जानकारी दिएको छ । सोका लागि बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ सम्लग्न समिति गठन भई अध्ययन र प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा बैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा कार्य भइरहेको बोर्डका अध्यक्ष डा. रेवतबहादुर…