Logo

मध्यविन्दुमा १ अर्ब ९० करोडको सिमेन्ट उद्योग खुल्दै, चिनियाँ कम्पनीको लगानी

काठमाडौं । नवलपरासीको मध्यविन्दुमा नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । मध्यविन्दुमा तियानी सिमेन्ट इन्डष्ट्रिज प्राली नामक उद्योग सञ्चालनमा आउन लागेको हो । चिनियाँ तथा नेपाली लगानीमा संचालनमा आउन लागेको तियानी सिमेन्टलाई उद्योग विभागले स्वीकृति प्रदान गरेको छ । उद्योगमा सिचुवान तियानी ग्रुप लिमिटेड मेनल्याण्ड र नेपालका लोकेन्द्रबहादुर कार्कीको संयुक्त लगानी रहेको छ ।…