काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले सरकारले तय गरेको ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य हालिस गर्न प्रशस्त आधार भएको बताएका छन् । ‘हामीले कृषि, उद्योग तथा सेवा क्षेत्रको बृद्धिदर बढ्ने अपेक्षा गरेका छौं,’ बजेटपछिको छलफल कार्यक्रममा उनले भने, ‘सोही आधारमा सरकारले आगामी आर्थिक बर्षमा ८ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिएको हो ।’…