काठमाडौं । नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेका सबै विमानस्थलमा नियमित उडान गर्न सकेको छैन । निगमले परीक्षण उडान गरे पनि सुर्खेत, रुम्झाटार, लामिडाँडा, खानीडाँडा, मनाङ, मुस्ताङ र बझाङमा अझै नियमित उडान गर्न नसकेको हो । निगमले २३ वटा विमानस्थलमा उडान तालिका बनाएर आफ्नो जहाज उडाए पनि दैनिक उडान भने ६ वटा विमानस्थलमामात्रै हुने गरेको छ…