काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एक सर्कुलर जारी गर्दै असल कर्जामा पर्ने कर्जाहरुको कर्जा नोक्सानी व्यवस्थामा सहजीकरण गरिदिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा घोषणा गरिएअनुरुप एक वर्षभन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी…