काठमाडौं । कार्तिक १५ गते नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य त्यसयता लगातार ओरालो लागिरहेको छ । त्यसपश्चातको १३ दिन अर्थात आजसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटिसकेको छ । अघिल्लो वर्ष मात्रै प्रतितोला ८० हजारको आसपासमा कारोबार भइरहेको सुनको मूल्य त्यसपछि लगातार नयाँ रेकर्ड कायम गर्ने दौडमा छ…