काठमाडौं । आफुलाई नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नबनाएपछि धनञ्जय रेग्मीले सरकारविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका छन् । बोर्डका पूर्व सीईओसमेत रहेका रेग्मीले सरकारले आफुलाई सीईओ नबनाएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका हुन् । यसअघि बोर्डमा बसेर आर्थिक अनियमितता गरेको आरोप लागेका रेग्मीले पुनः सीईओ भएर बोर्डमाथि हालीमुहाली गर्ने योजना बनाएका थिए…