काठमाडौं । ठीक ५० वर्ष पहिले, दिल्लीवासीहरूको दैनिक दिनचर्यामा एउटा सानो तर महत्वपूर्ण क्रान्तिकारी परिवर्तन भएको थियो । सो दिन उनीहरुको छिमेकमा मदर डेरीका चारवटा बुथ खुले । जसमध्ये एउटा बुथ डिफेन्स कोलोनीमा, एउटा मालवीय नगरमा र दुईवटा आरके पुरममा खोलिएको थियो । बिहान दूध किन्नेहरू छक्क परे । पहिलो पटक उनीहरुले स्लटमा सिक्का हाले…