काठमाडौं । आइसिटी डे २०२१ अर्थात २०७८ बैशाख १९ गतेका दिन फुल भर्सन (पूर्ण संस्करण) का रुपमा सार्वजनिक भएको नागरिक एप हाल अस्तित्वमा भएपनि उपयोगमा भने छैन भन्दापनि हुन्छ । हाल धेरैजसो डिभाइसमा यो खुल्नै समय लाग्छ । खुलेपनि नयाँ अपडेट गर्दा पहिले प्रमाणित भईसकेका धेरैजसो कागजातदेखि डकुमेन्टहरु पुनः अपलोड गर्नुपर्ने हुन्छ । तत्कालीन प्रधानमन्त्री…