काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ । प्रतिनिधिसभाको आज सोमबारको बैठकमा समितिका संयोजक सूर्य थापाले समितिको अन्तिम प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन बुझाउँदै सभापति थापाले सहकारी क्षेत्र पूरै नक्कली (फेक) आधारमा चलिरहेको छानविनको निष्कर्ष सुनाएका छन् । शेयरदेखि बचतसम्म, सञ्चालकका सम्बन्धदेखि ऋणीसम्म ‘नक्कली’ रहेको उनले बताएका छन् ।…