काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १०० दिनभित्र गर्छु भनेका ७० प्रतिशत काम पूरा गरेको बताएका छन् । बुधबार सरकारका १०० दिनका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘साउन ६ गते विश्वासको मत लिँदा मैले यो सरकारका पाँच वटा प्राथमिकता रहेको प्रतिबद्धता जनाएको थिएँ,’ उनले भने, ‘जसमा थालेका काम अगाडि बढाउने…