काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीन कुने क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाको बानेश्वर तीनकुने क्षेत्रमा लागू भएको कर्फ्यु शनिबार (आज) बिहान ७ बजेसम्म तोकिएको थियो । शुक्रबार दिउँसो ४ः२५ देखि लगाइएको कफ्र्यु शनिबार बिहान ७ बजे हटाइएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ७ बजेबाट कर्फ्यु हटेको बताएको छ…