बिजखबर संवाददाता ५ फागुन,काठमाडौं । साझा यातायातले रुट परिवर्तन गर्ने भएको छ । साझाले कंलकी–त्रिपुरेश्वर–एयरपोर्ट रुटलाई बुधवारदेखि स्वयम्भु–कंलकी–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्क–जमल–कमलपोखरी–गौशाला हुदै एयरपोर्टसम्म सञ्चालन गर्ने भएको हो । साझाले दुईबर्षदेखि काठमाडौं उपत्यकाका उत्तर दक्षिण र पूर्व पश्चिमका दुईवटा ट्रंक रुटमा सेवा पुर्याउदै आएको छ । हालै विस्तारित कमलपोखरी–गौशाला सडक खण्डका यात्रुहरुको सुविधा तथा धामिर्क एंवम पर्यटकीय महत्व बोकेका…