४ चैत,काठमाडौं । भ्रष्टाचार मुद्दा लागेका उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । उनीविरुद्ध आफ्नो जिम्माको सरकारी रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेको थियो । पाण्डेलाई मंगलवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । भ्रष्टाचार मुद्दामा पक्राउ नगर्न माग गर्दै दायर रिटको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज…