काठमाडौं । धितोपत्र बोर्डले नेपालमा क्रेडिट रेटिङ संस्था स्थापनाका लागि हालै क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेड, मुम्वई, इण्डिया लाई सहमतिपत्र प्रदान गरेको छ । क्रेडिट रेटिङ नियमावली, २०६८ वमोजिम क्रेडिट रेटिङ व्यवसाय गर्न चाहने कम्पनीको चुक्ता पूँजी कम्तिमा २ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था रहेकोमा उक्त कम्पनीको चुक्ता पूँजी ५ करोड हुने प्रस्ताव गरिएको थियो ।…