काठमाडौं । नेपाली कांग्रेसले नयाँ बन्ने सरकारमा सहभागी गराइने मन्त्री छान्न दुई वटा आधार तय गरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्री चयन गर्ने निर्णय पार्टीले गरेको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले भने, ‘नेपाली कांग्रेसको तर्फबाट…